प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसकै बन्ने: शेखर कोइराला
काठमाडाैं | पुस ७, २०७९
काठमाडौं: नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति नेपाली कांग्रेस पार्टीबाट नै बन्ने दाबी गरेका छन् ।
शपथग्रहणका लागि संघीय संसद् पुगेका कोइरालाले दुवै पदमा कांग्रेसले पाउने दाबी गरेका हुन् ।
बुधबार मात्र महामन्त्री गगन थापालाई हराउँदै सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेताको रूपमा निर्वाचित भएका छन् । यता राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा चलेको छ ।
पौडेल संसदीय दलको नेताको निर्वाचनमा देउवाका प्रस्तावक बनेका थिए । यता सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पनि पहिलो चरणमा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने दाबी गर्दै आएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

